ढुंङखर्क दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो


काभ्रे ।

काभ्रे बेथानचोकको च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको एक रिजर्भ बस बेथानचोकको गणेशस्थानमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

पनौतीको सल्लेबाट बेथानचोक ४ मा रहेको च्यासिङखर्कमा आयोजना भएको छेवरमा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

बा ३ ख ४३५० नम्वरको बस ढुंखर्कबाट तीव्र गतिमा आउदा अनियन्त्रित भएर पीच सडकमा नै दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी घाइते  भएकाको बनेपास्थित सिरमेमोरियल र धुलिखेल अस्पताल उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।