कार्कीले ल्याए जहिले जहिले



लोकप्रिय गायक आनन्द कार्कीको स्वरमा जहिले जहिले बोलको नयाँ गीत सुमधुर गीत सार्वजनिक भएको छ। डा. भोला रिजालको शब्द रचना रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ।

आनन्द कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमाथि तयार भएको आकर्षक म्युजिक भिडियोमा गायक कार्की स्वयं फिचर्ड भएका छन्। भिडियोमा मोहन कुमार झिलुको छायांकन र अनिल कुमार महर्जनको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्