नवोदितलाई टप्स बास्केटबल उपाधि

0
Shares

काठमाडौं  । 

नवोदितले टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवोदितले स्वेता सदनलाई ५३–३० ले पराजित ग-यो ।

नवोदितका पुजन थपलियाले ३२ स्कोर गरे । पुजननै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।  मैपीस्थित गण्डकी पब्लिकको कोर्टमा भएको प्रतियोगितामा ह्वाइट हेभन तेश्रो भयो । ह्वाइट हेभनले बेलमोन्टलाई २२–१३ ले हरायो । विजेताका मिसनबहादुर मगरले ११ अंक जोडे ।

प्रतियोगितामा स्वेता सदनका जमेश महर्जन सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर जमेशले १ सय ३ स्कोर गरे । गण्डकी अनुशासित टिम चुनियो । विजेतालाई टप्सका अध्यक्ष आरसी भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।