अमर संगीतकर्मीको योगदान सम्झìदै अजम्बरी उपहार


नेपाली संगीतको स्वर्णिम युगका संगीतकर्मी तथा गायक+गायिका, जो अहिले जीवित छैनन्, उनीहøको अमूल्य योगदानलाई नमन गर्न धन्यवादस्वरूप अजम्बरी उपहार बोलको गीत सार्वजनिक गरिएको छ।

गायक तथा संगीतकार सजल न्यौपानेले गाएको गीतमा शब्द रचना आचार्य प्रभाको रहेको छ। सेमिक्लासिकल शैली र करुण रसको प्रयोग रहेको गीतमा सीमा पोख्रेलको संगीत छ।

श्रद्धाञ्जलि गीतहरू कम नै बन्ने गरेको अहिलेको माहोलमा, हामीले महान अग्रज कलाकारको महङ्कव अनि योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई वहाँहरूको योगदान याद गराइराख्न यो गीत तयार पारिएको होु गायक न्यौपानेले भन्छन्। सीमा पोख्रेल निर्मात्री रहेको गीतको भिडियो सीमा पोख्रेल जस्ट लभ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।