विश्वकप फुटबल : आज क्वाटरफाइनलका दुई खेल हुँदै



काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शनिबार) क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।

यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।

फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो ।

यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्