प्रचण्डद्वारा यु-१८ एसियाली रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यु–१८ एसियाली रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन गरेका छन् । उनले आज (शनिबार) दिउँसो १ बजे उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुने यु–१८ एसियाली रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन भएको छ । खेल भने विहान ९ बजेबाट दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्