एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस हुने



काठमाडौं  ।

नेपाल एपीएम प्रा.लि. को आयोजनामा दोश्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एपीएमका प्रशिक्षक ज्याकी महर्जनले जनाए ।

प्रतियोगितामा पुरुषतर्फ ४०, ५० र ६० वर्षमाथि, महिलातर्फ ४० वर्षमाथि तथा पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । कुल पुरस्कार राशी ४ लाख ५० हजार रुपैयाँ रहेको छ । हरेक स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेश्रोले १०–१० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्