राजधानीमा हंगेरीका कलाकारको सांस्कृतिक प्रस्तुति

0
Shares

नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा राजधानीमा नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।अन्तरदेशीय कला संस्कृति आदान+प्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल+हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष कृष्ण मल्लले जानकारी गराए।

मौलिक कला संस्कृति आदान+प्रदान कार्यक्रमले दुईदेशीय अन्तर सम्बन्धलाई प्रगाढ बनाउने कार्यक्रमका सहभागीहरूले चर्चा गरेका थिए। त्यसैगरी, नेपालमा सांस्कृतिक कार्यक्रम गर्न पाउँदा हंगेरियन कलाकारहरूले खुसी व्यक्तसमेत गरेका थिए।

लगातार १ घण्टा लामो प्रस्तुति दिएका हंगेरियन कलाकारले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । त्यसैगरी, नेपालका कलाकारले नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरेका थिए। आगामी दिनमा दुई देशबीच यसप्रकार मौलिक कला संस्कृतिलाई प्रोत्साहन गर्दै अघि बढ्ने तथा दुई देशबीचको व्यापार प्रवद्र्धनलाई सुदृढ बनाउने आयोजक संस्थाका महासचिव शान्त कुमार श्रेष्ठले बताए।