गायनमा चम्किएकी पूर्णिमा



धादिङकी पूर्णिमा लामा स्वर कला र साधनाका कारण नेपाली सांगीतिक क्षेत्रमा चम्किन पुगेकी छन्। नेपाली सांगीतिक क्षेत्रमा आप्mनो छुट्टै स्थान बनाउन सफल लोकप्रिय गायिका लामा स्वरकलाकै कारण सांगीतिक आकाशमा उनको उचाइ दिनप्रतिदिन चुलिँदै गएको छ। बाल्यकालदेखि नै गीत–संगीत भनेपछि हुरुक्कै हुने उनको स्वरले सजिएको पहिलो गीत भाग्यले नै छल्छले बजार पिट्यो।

त्यसपछि पूर्णिमाले पछाडि फर्केर हेरिरहनु परेन। उनले लगातार विभिन्न गीत गाउने अवसर पाइरहिन् भने संगीतप्रेमीको वाहवाहीले पनि उनलाई पछ्याइरह्यो। यस क्रममा पूर्णिमाले नेपाली सुगम संगीतमा मात्र होइन लोक तथा दोहोरी गीतमा पनि आप्mनो भिन्न स्वरको कमाल छर्दै आएकी छन्।

जसका कारण उनले विभिन्न अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड उचाल्दै आएकी छन् भने सम्मानित पनि हुँदै आएकी छन्। उनले गीत गायन कलाबाटै पाँचौं राप्ती म्युजिक अवार्ड २०७३ र प्रथम नेपाल म्युजिक अवार्ड २०७५ मा नव गायिका, ११औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ र म्युजिक खबर म्युजिक अवार्ड २०७८ मा सर्वोत्कृष्ट सुगम संगीत गायिकाजस्ता विभिन्न अवार्डलाई आप्mनो बनाइसकेकी छन्।

बहुप्रतिभाशाली कलाकी धनी उनले जन्मथलो धादिङमा हुने गरेका विभिन्न मेला महोत्सव तथा विद्यालयको सांस्कृतिक कार्यक्रमबाट नै आप्mनो कला प्रस्तुत गर्दै आई आजको उचाइ हासिल गरेकी हुन्। बाल्यअवस्थामै गीत–संगीतको क्षेत्रमा शुभचिन्तक कमाउन सफल गायिका लामाको कला देखेर घर परिवार आफन्तले उनलाई यही क्षेत्रमा अघि बढ्न प्रेरित गरे। त्यही प्रेरणाले नै आपूmलाई यहाँ पु-याएको पूर्णिमा बताउँछिन्।

झण्डै डेढ दशकको सांगीतिक यात्राका क्रममा पूर्णिमाले सात सयको हाराहारीका गीत नेपाली गीत संगीतलाई दिएकी छन्। डाँडा पारी मेरो माया, मुटु जली खरानी भो, कसले बुझने, तिम्रो एउटा झुटो, ओइलिएको फूल, हिँड्दा हिँड्दै गोरेटोमा, के भन्नु जिन्दगी, बाबा आमाको मायाजस्ता उनको स्वरले सजिएका गीतहरू करोड भ्युजका साथ आजको दिनसम्म पनि उत्तिकै लोकप्रिय बनेर छाएका छन्।

पूर्णिमाको लोकप्रियता कतिसम्म छ भने स्वदेश र विदेशमा हुने कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ हुने गरेको छ। ‘दर्शक स्राेताको माया र साथकै कारण आज यहाँसम्म आइपुगेकी छु। त्यसैले, उहाँहरूको मागअनुसार समय मिलाएर स्वदेश र विदेशका कार्यक्रममा सहभागी भइरहेकी छु’ देशका विभिन्न स्थानसँगै हङकङ, कोरिया, सिङ्गापुर, मलेसिया, दुबई, कतारजस्ता मुलुकमा पुगेर आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई सांगीतिक सन्तुष्टि प्रदान गर्दै आएकी पूर्णिमा भन्छिन् ‘सधैं दर्शक स्रोताको रुचि अनुसारका गीत ल्याएर दर्शक स्राेतालाई रिझाइरहनेछु।’

देश–विदेशका कार्यक्रमका बीच समय मिलाएर निरन्तर गीत रेकर्डिङ गराई नयाँ गीतहरू ल्याइरहने पूर्णिमाले हालसालै पनि रूपै मोहनी बोलको गीत सार्वजनिक गरेकी छन्। गायक पुष्पराज बसेलले स्वरमा साथ दिएको गीतमा रामकृष्ण महराको शब्द रचना र भीम बीसीले संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्