गुजरातमा झोलुंगे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या १४० पुग्याे



एजेन्सी ।

गुजरातको मोरबीमा रहेको एउटा भोलुंगे पुल भाँचिदा मृत्यु हुनेको संख्या १४० पुगेको छ । १७७ जनाको उद्दार भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भाँचिएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भाँचिएको थियो ।

क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भाँचिएको थियो ।

पुल भाँचिएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्