युक्रेनी हमलामा २३ रुसी सेनाको मृत्यु, दर्जनौँ घाइते


एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले बिहीबार भनेका छन् कि यस हप्ता युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएका र अन्य ५८ जना घाइते भएका छन् ।

कादिरोभको टिप्पणी असामान्य थियो किनभने युद्ध सुरु भएदेखि नै मस्को समर्थक सेनाहरूले युद्धभूमि आफूतर्फ भएको क्षति स्वीकार गरेका छैनन्। टेलिग्राममा जारी विज्ञप्तिमा कादिरोभले उक्त घटना दक्षिणी खेरसन क्षेत्रमा भएको बताए ।

“स्थलमा सबै उद्धार कार्यहरू पूरा भइसकेका छन् र मृतक र घाइतेहरूको अन्तिम सूची छ – २३ सैनिकहरू मारिएकबा छन् र ५८ घाइते छन्,“ उनले भने। रुसको दक्षिणी मुस्लिम बाहुल्य क्षेत्र चेचन्याको नेतृत्व गर्ने कादिरोभले आफूलाई पुटिनको सिपाहीको रूपमा वर्णन गर्दै युद्धमा लड्न हजारौं मानिसहरू पठाएको बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।