युक्रेन युद्ध : रुसको पछिल्लो हमलामा ८ जनाको मृत्यु



एजेन्सी । 

रुसले गरेको पछिल्लो हमलमा ७ जनाको मृत्युु हुनुका साथै ८ जना घाइते भएका छन् । पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चानजिक उक्त हमला भएको क्षेत्रीय गभर्नरले जनाएका छन् । ‘

अवडिभकामा भएको गोलाबारीको परिणामस्वरूप कम्तीमा सात जनाको मृत्यु भएको छ र आठ जना घाइते भएका छन् । रुसीहरूले केन्द्रीय बजारमा आक्रमण गरे, जहाँ धेरै मानिसहरू त्यस समयमा थिए’ दोनेत्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले भने ।

युक्रेनले रुस र क्रिमियालाई जोड्ने पुलमा शक्तिशाली विस्फोट गराएपछि किभविरुद्ध मस्को आक्रमक भएको छ । यसअघि रुसले राजधानी किभलगायत युक्रेनका विभिन्न सहरमा हमला गर्दा १० जनाको मृत्यु हुनुुका विकासका पूर्वाधारहरूमा ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्