एकै परिवारका तीन जना मृत भेटिए



वीरगञ्ज । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

२५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको प्रहरीले बतायाे ।

घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्