धादिङ ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ३ चिमचोकका रामबहादुर तामाङ कोदो काटेर तोरी छर्ने ठाउँ बनाउन व्यस्त हुनुहुन्थ्यो । मेहनत गरेरलगाइएको ५ रोपनीको कोदो काटेर गाइबस्तुलाई घाँसको रुपमा खुवाउनु भयो ।
कोदो धमाधम काट्दै गरेकाअवस्थामा भेटिनुभएका चिमचोककी मैतीमायाँ तामाङ बाला नलागेकोले घाँसको रुपमा कोदो काटेको बताउनुनुभयो । उहाँले केही दिनअघि कोदो काटेर बारी खनजोत गरी सकिएको थियो भने कोदो नफलेको बारीको कोदो काटेर गाई भैँसीलाई दिनका लागि कोदो काट्दै गरिएको भेटिनुभएका मैतिमायाँले २ वर्षदेखि कोदोले फल नदिएपछि काटेर तोरी लगाउने योजना रहेको सुनाउनु भयो।
चिमचोकमा मात्र होइन गांगाजमुना गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा लगाइएको कोदोमा २ वर्षदेखि फल दिन छाडेको छ ।
बैशाख जेठमा विराखेर बारीमा असार साउनमा रोपिएको कोदो सबै किसानहरुले धमाधम काटेर गाइबस्तुलाई खुवाउन थाल्नु भएको देखिन्छ ।
कोदो फल्न छाडेपछि घरमाखानेकुरा समेत नहुनेअवस्था आएको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लताबका होमबहादुर तामाङले बताउनुभयो।
५-६ मुरी कोदो फल्ने बारीमा गतवर्ष १० पाथी कोदो फलेको र यस वर्ष बाला समेत नलागेपछि घरमा खानेकुराको संकट देखिने अवस्था आएको बताउनुभयो ।
ब्याडमा राखिएको कोदो राम्रो भएपनि बारीमा रोपेपछि अघिल्लो वर्षमा जसरी कम मात्र सप्रिने (ठूलो हुने), केही समयपछि बोटमा गबारो लाग्ने, डाँठ सुक्ने, बाला लाग्नु पर्ने अवस्थामा बाला नलाग्ने समस्या आएको गाउँबासीको भनाइ छ।
तामाङ र गुरुङ समूदायको बाहुल्यता रहेको यो क्षेत्र समुन्द्रि सतहबाट १५ सय मिटरदेखि १७ सय मिटरमा पर्दछ । अधिंकांसले लगाउने मुख्य बाली कोदो भएकोले उत्पादन नभएपछि गाउँमा खाद्यान्न समस्या आउने अवस्था आएको गंगाजमुना गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बलबहादुर तामाङको भनाइ छ।
सबैले खानेर पहाडमा फल्ने आफ्नोमुख्य बालीनै आम रुपमा सखाप भएपछि गाउँबासीले गतवर्ष नै गाउँपालिकामा जानकारी गराएका थिए । समस्या समाधानका लागि गाउँपालिकाले कोदो रोपिसकेपछि वडा नम्बर १ र २ को गाउँ क्षेत्रमा डिएपि मल पठाएकोर वडा नम्बर ३ को चिमचोकमा गबारो नियन्त्रणको लागि किटनाशक औषधी पठाएको गाउँपालिका कृषि शाखाका प्रमुख प्रसान्त अधिकारीले बताउनुभयो ।
सोही क्षेत्रमा पोषण र कृषि क्षेत्रमा काम गरिरहेको लिबर्डमा कार्यरत कृषि विज्ञ विजय पौडेलले यस क्षेत्रको कोदोमा गबारो जातको किरा भेटिएको, पातमा थोप्ले (ब्लाष्ट) जस्तो देखिने रोग लागेको र माटोमा फस्फोरसको कमी भएको अनुमान गर्नुहुन्छ । समस्या समाधानका लागि विस्तृत रुपमा माटो परिक्षण गरेर मात्र समस्या समाधान गर्नसकिने पौडेलको भनाइ छ। कोसीबाली सहितको बालीचक्र अपनाउन, हरियो मलको प्रयोग गर्न र विस्तृत रुपमा अध्यायन तथा परिक्षण गर्न सुझाव दिनुभएको छ ।