सहकारीले रोजगारी सृजना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जरुरी



बुटवल । गरिबी निर्वारणका लागि अति उपयोगी हुने सहकारीहरुले पछिल्लो समयमा नामअनुसार काम गर्न नसक्दा समस्या र चुनौती थपिन थालेका छन् । सहकारीहरुले रोजगारी श्रृजना गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिए ।

रुपन्देहीको तिलोत्तमा–१ डाईभरटोलमा सञ्चालित विकास बहुउद्देश्यीय सहकारी संस्थाको ३४औँ वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले सहकारीमा आवद्ध शेयर सदस्यहरु गम्भीर हुन आग्रह गरेका छन् ।

कार्यक्रममा सहकारीका संरक्षक रोमणी प्रसाद पाठकले सहकारीवाट शेयर सदस्यहरुले लैजाने ऋणलाई उद्योग व्यापारका क्षेत्रमा लगानी गरि उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले ऋण लिएर उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने परिपाटीले सहकारीमा चुनौती थपिएको औँल्याउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा.कृष्ण प्रसाद न्यौपानेले सहकारीमा शेयर सदस्यहरुले आफनो खर्च कटाएर गरेको बचतलाई रोजगारी श्रृजना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जरुरी रहेकोे बताउनुभयो । उहाँले रोजगारी र उत्पादन विना गरिने लगानी फलदायी नहुने हुँदा सहकारी संचालकहरु यो सवालमा गम्भिर हुन आग्रह गर्नुभयो ।

रुपन्देहीको तिलोत्तमा–१ डाईभरटोलमा सञ्चालित विकास बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवहाक अध्यक्ष कलाधर पाण्डेले आर्थिक वर्ष २०७८÷७९ मा ६९ करोड ३५ लाख ७८ हजार रुपियाँ ऋण लगानी गरेकोमा ६६ करोड बढी असुली गरेको बताउनुभयो ।

कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठक शेयर सदस्य केशवराज न्यौपाने, सामुहिक बचत सहकारीका अध्यक्ष सुरेन्द्र कुमार वर्मा लगायतले सहकारीका शेयर सदस्यहरु सहकारीका मालिक भएकाले शेयर सदस्यहरुले आफनो सहकारीमा के भएको छ, लगानी सुरक्षित भए नभएको बारेमा समेत गम्भीर हुन जरुरी रहेको औँल्याउनु भयो ।

सहकारीले आफनो वार्षिक उत्सवका अवसरमा सहकारीका ८० वर्ष माथिका वृद्ध वृद्धाहरुलाई सम्मान र शैक्षिक क्षेत्रमा विद्यावारिधि तथा मास्टर्स पढेका शेयर सदस्यका छोराछारीलाई समान्न गरेको सचिव मित्रबन्धु न्यौपानेले बताउनुभयो ।

साधारण सभाले कोषध्यक्ष भगवती वस्यालले प्रस्तुत गर्नुभएको आय व्ययको वार्षिक प्रतिवेदन र सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन छलफलसहित पारित भएको छ ।

त्यस्तै सहकारीको शनिबार नै भएको उपनिर्वाचनवाट कार्य बहाक अध्यक्ष कलाधर पाण्डे अध्यक्षमा, वर्तमान सचिव मित्रबन्धु न्यौपाने उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । खाली रहेको सचिव पदमा पछि सञ्चालक समितिले मनोनयन गर्ने गरी निर्णय गरिएको छ । त्यस्तै संचालक समितिको सदस्यमा रामचन्द्र भुसाल, प्रकाश न्यौपाने, र चिन्ता कँडेल भण्डारी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्