बुटवल । नेपाल ट्यांकर ढुवानी व्यवसायी महासंघले भाडा वृद्धि र रुट परमिटकोे माग गर्दै शुक्रवारदेखि भारतवाट तेल आपूर्तिका लागि पीडियो नलिने घोषणा गर्दै आन्दोलित भएको जनाएको छ ।
नेपाल आयल निगमले ५ वर्षअघि गरेको ढुवानी भाडा समायोजन नभएको, नयाँ रुटको परमिट नदिएको र समयसापेक्ष ढुवानी भाडामा वृद्धि हुनुपर्ने भन्दै भारतीय निगमबाट नेपालमा पेट्रोलियम पदार्थ नउठाउने गरि आन्दोलित भएको ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर वोहोराले बताउनुभयो ।
ट्यांकर व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाअन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाइन्न । तर, इन्धनको आपूर्ति रोकेका ट्यांकर व्यवसायीलाई कारबाही गर्नुको साटो उल्टै निगमले भने हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ ।
ढुवानी वयवसायीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हवाई इन्धनको ढुवानी रोकेको निगमको प्रादेशिक कार्यालयले जनाएको छ । दैनिक २० हजार लिटर हवाई इन्धन खपत हुने गर्दछ ।
लुिम्बनी प्रादेशिक डिपोमा आउने हवाई इन्धनको भारतीय रक्सौलको डिपो सदाका लागि विगत १० दिनदेखि बन्द भएकाले हवाई इन्धन नआएको निगमका लुिम्बनी प्रादेशिक डिपो प्रमुख नवविनोद पोख्रेलले बताउनुभयो । यद्यपि डिपोमा १० दिन लाइपुग्ने इन्धन स्टक रहेको पनि उहाँले बताउनुभयो । भारतको बैतालपुरवाट पेट्रोल, गोण्डाबाट मटितेल, अमलेखगञ्जबाट डिजेल र रक्सौलवाट हवाई इन्धन आउने गरेको थियो ।
तर, रक्सौलको डिपो बन्द भएपछि लखनउबाट लुिम्बनी प्रादेशिक डिपोमा ल्याउने तयारी भएकोमा रुट र भाडा सम्झौता हुन सकेको छैन । जसका कारण हवाई इन्धन आउन सकेको छैन । पश्मिाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कशौधनले भाडा र रुटको व्यवस्था नहुँदासम्म भारतबाट पेट्रोलियम पदार्थ ढुवानी नगर्ने महासंघको परिपत्रअनुसार शुक्रबारदेखि ढुवानीका लागि आवश्यक पर्ने पीडियो नलिएको बताउनुभयो । लुिम्बनी प्रादेशिक डिपोमा दैनिक पेट्रोल, मटितेल, डिजेल र हवाई इन्धन करिब ६० गाडी पेट्रोलियम पदार्थ आयात भई वितरण हुने गरेको छ ।











प्रतिक्रिया