नेपाली मुलका लोकप्रिय गायक तथा इन्डियन आइडल १२ पवनदीप राजनका साथामा इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालद्वारा स्वरवद्व पहिलो नेपाली गीत घामझै बलेकि बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
गीतकार एसपी सापकोटाको शब्द रचना रहेको गीत लोकप्रिय डिओपी सुदीप बरालको निर्देशनको आकर्षक भिडियोका साथ सार्वजनिक गरिएको हो। पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकोले यो गीत गाएको बताए। ‘म बच्चैदेखि नेपाली गीत सुन्दै हुर्केको हुँ। अहिले यति राम्रो नेपाली गीत गाउन पाउँदा खुसी छु। नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो कि, मलाई सुन्दर पहाडको झल्को याद आयो’ पवनदीपको भनाई छ।
गीतमा शिखर सन्तोषको संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको कैलाश स्टुडियोमा रेकर्ड गरिएका गीत मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन्। निर्देशक बरालकै डिओपी रहेको भिडियो गीतअनुसार निकै आकर्षक र लोभलाग्दो बनेको छ। गीतको भिडियो पोखरा र त्यस आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ। भिडियोलाई स्तरिय बनाउन कुनै पनि कसर बाँकी नराखेको निर्देशक सुदीप बरालले बताए। भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकि चर्चित मोडल आश्मा बिश्वकर्माले अभिनय र नृत्य गरेका छन्।
भिडियोमा कोरियोग्राफी मौसम हिमाली र सम्पादन सम्पादक प्रबिण भट्टको रहेको छ। गीतको भिडियो कर्म एसपी सापकोटा युट्युब च्यानलमाबाट सार्वजनिक गरिएको छ।











प्रतिक्रिया