नेपाल र केन्या अन्तिम खेलमा भिड्दै


काठमाडौं । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ गर्ने क्रममा नेपालले केहीबेर अघिसम्म १४ ओभरमा दुई विकेट गुमाएर एक सय १९ रन बनाएको छ । नेपालका लागि अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए ।

ज्ञानेन्द्र मल्ल अद्र्धशतक बनाउँदै क्रिजमा छन् । उनले ४३ बलमा ५९ रन बनाएका छन् । यस क्रममा मल्लले दुई छक्का र पाँच चौका प्रहार गरेका छन् । मल्ललाई मैदानमा रोहतिकुमार पौडेलले साथ दिइरहेका छन् । उनी चार बल खेल्दै एक चौकासहित आठ रन बनाएर मैदानमा छन् ।

बलिङतर्फ केन्याका सेम नगोची र विराज पटेलले एक एक विकेट लिएका छन् । जारी सिरिजमा आजको खेल निर्णायक हो । यसअघि सम्पन्न चारमध्ये नेपाल र केन्याले दुई दुई खेल जितेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।