ख्यातिप्राप्त गीतकार, गायक तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले एक कार्यक्रममा सम्मानवापत प्राप्त रकम सामाजिक संस्थालाई हस्तान्तरण गरेका छन्।
डा. रिजालले शनिबार राजधानीमा सम्पन्न दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ मा दीर्घ साधना सम्मानवापत प्राप्त २५ हजार रुपियाँ मानव सेवा धर्म संस्थालाई प्रदान गरेका हुन्। समारोहमा डा. रिजाललाई प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सो सम्मानबाट सम्मान गरेका थिए।
४१ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा अभिनेता तथा मोडल पुष्प खड्का र मोडल उषा उप्रेतीले वेष्ट मोडलको अवार्ड चुमेका छन्। समारोहमा सञ्चारकर्मी सानुकाजी श्रेष्ठलाई नगद १५ हजार रुपियाँसहित सम्मान गरिएको थियो। त्यसैगरी, गीतकार तथा साहित्यकार भीष्मराज फुलारा, इभेन्ट डाइरेक्टर लवबहादुर कार्की, संगीत संयोजक राजेन्द्र बजगाईं, नृत्य निर्देशक अजयकुमार विष्ट, गायिका मञ्जु थापा गायिका, तबलावादक कुमार महाराज, सञ्चार व्यवसायी राजेन्द्र लुइँटेल, बालप्रतिभा शान्भी खतिवडा र निर्जला लम्साललगायतलाई पनि सम्मान गरिएको छ।











प्रतिक्रिया