पोखराबाट काठमाडौं उडेको यतीको जहाज आकस्मिक अवतरण



काठमाडौँ।

पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामै आकस्मिक अवतरण गरिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको जहाजमा उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएपछि पोखरा नै फर्काइएको हो।

जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै जहाज पोखरा अवतरण गराइएको पाइलटले जानकारी दिएका छन्।

बिहान ८ बजे उडेको उक्त जहाजमा ४५ जना यात्रु सवार थिए ।

 

प्रतिक्रिया दिनुहोस्