हाम्रो खेलकुदले सात खेलाडीलाई सम्मान गर्ने



काठमाडौं । 

खेलकुदको समाचार पोर्टल हाम्रो खेलकुद डटकमले अर्को साता आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा नेपाली खेलकुदका सर्वकालिन सात खेलाडीलाई सम्मान गर्ने भएको छ । कार्यक्रम २०७९ साउन १९ गते आयोजना हुनेछ । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो ।

हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो । हाम्रो खेलकुदले सार्वजनिक रूपमा वार्षिकोत्सव मनाउन लागेको यो पहिलोपटक हो । हाम्रो खेलकुदले स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदसम्बन्धी समाचार, लेख, फोटो, भिडियोलगायतका सामाग्री प्रकाशित गर्दै आएको छ ।

त्यस्तै, घरेलु प्रतियोगिताहरुलाई दर्शकमाझ पु¥याउने उद्देश्यका साथ आफ्नो फेसबुक पेज र युट्युब च्यानलमार्फत विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक हाम्रो खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो ।

नेपाली खेलकुदसँग प्रत्यक्ष सरोकार राख्ने पोर्टल हुनुका नाताले नेपाली खेलकुदलाई उचाइमा पु-याउन योगदान दिने सर्वकालीन सात खेलाडीलाई हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिएको हो । पाटनको अशोक पार्टी प्यालेसमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी ,प्रशिक्षक, खेलकुद पदाधिकारीलगायतको सहभागिता रहनेछ । वार्षिकोत्सवको हाम्रो खेलकुदले आफ्नो फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्