अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड प्रदान



काठमाडौं । चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ ।

डा यादवका नाममा प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड र कलामका नाममा आउटस्ट्याण्डिङ इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरिएकोे हो । नेपालसहित विभिन्न मुलुकका शिक्षाकर्मी, विज्ञ, प्रधानाध्यापक, शिक्षासेवी शिक्षा पत्रकारलाई सो सम्मान प्रदान गरिएको हो ।

भारतको हिमाक्षरा संस्था र नेपालको शिक्षालय राष्ट्रिय मासिकको संयुक्त आयोजनामा भएको सो समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज ती अवार्ड प्रदान गर्नुभएको हो ।

मन्त्री भुसालले नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सिकाइको अभ्यास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि नेपालमा भएका प्रयासलाई संस्थागत गर्दै सर्वसुलभ शिक्षामा सबैको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

राससकर्मी सिलवाल पुरस्कृत सम्मेलनमा डा यादवका नाममा स्थापत प्रेसिडेन्ट इन्टरनेशनल अवार्डबाट शिक्षा पत्रकारद्वय प्रकाश सिलवाल (रासस) र प्रकृति अधिकारी (गोरखापत्र) लाई पुरस्कृत गरिएको थियो । शैक्षिक सम्मेलनमा नेपाल, भारत फ्रान्स, होल्याण्ड, साउदीअरब र कुवेतलगायतका १० देशका शिक्षाकर्मीको सहभागिता रहेको थियो । —

प्रतिक्रिया दिनुहोस्