अमेरिकाबाट आयो रातो सारी


गायिका मञ्जु रसाइलीद्वारा स्वरबद्ध तीज गीत रातो सारी लाउने हो भिडियोसहित अमेरिकाबाट सार्वजनिक भएको छ। गीतमा मञ्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन्। समुन कार्कीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो मंगलबार सम्राट क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको छ।

गीतको भिडियो अमेरिकाबाटै तयार गरिएको हो। निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा गीतको भिडियो तयार गरेका हुन्। भिडियोमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटासहित विभिन्न महिला कलाकारको नृत्य छ। ञहामीले यो गीतको रेकर्डिङ तथा भिडियो निर्माण अमेरिकामै गरेका हौँ । तीज गीतमा सबैले रमाइलो गर्नुपर्छ भनेर विभिन्न शहरबाट यहाँ आएर नेपाली चेलीबेटी नृत्यमा सहभागी हुनु भएको छु निर्देशक दाहालले भने। सुरेश राउतको सम्पादन रहेको भिडियोमा अक्की शर्माको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।