दीपेन्द्र र प्रतिज्ञालाई स्वर्ण



काठमाडौं । 

विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दीपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्णपदक जितेका छन् । दीपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जिते ।

प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टकी खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।

प्रतिक्रिया दिनुहोस्