इन्साइट र ग्रान्डीलाई एसिया प्यासिफिक कप



????????????????????????????????????

काठमाडौं ।

इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । इन्साइट भिजन ब्वाइज तथा ग्रान्डी स्पोर्ट्स सेन्टर गल्र्समा च्याम्पियन बनेका हुन् ।

धापासीस्थित आयोजक एसिया प्यासिफिक कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा इन्साइट भिजनले एन्जल्स हार्टलाई १९–१३ ले पराजित ग-यो ।गल्र्सको उपाधि भिडन्तमा ग्रान्डी स्पोर्ट्स सेन्टरले बलर्स एकेडेमीलाई ५–४ ले हरायो । ब्वाइजमा इन्साइट भिजनका उर्गेन लामा र गल्र्समा बलर्स एकेडेमीकी मनीषा शाही ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग कम नकआउट आधारमा भएको तीनदिने प्रतियोगिताको ब्वाइजमा २९ तथा गल्र्समा १६ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्