पदक विजेता सम्मानित



काठमाडौँ । 

जैसिदेवल युथ क्लबले शनिबारपदक विजेता आप्mना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

जैसिदेवल युथ क्लबअन्तर्गतको जैसिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको हो ।

प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीहरुलाई ‘स्पोर्ट्स सुज’ र जनही एक हजार रुपियाँले पुरस्वृत गर्नुभयो । आसाममा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरी सहभागी जैसिदेवल तेक्वान्दो डोजाङका एघारै जना खेलाडीले पदक जितेका थिए ।

सो प्रतियोगितामा मुविक्क्षा गजुरेलले सब जुनियर क्याटागोरीको ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ कांस्य तथा रोजन प्रजापतिले क्याडेट क्याटागोरीको ग्योरोगीतर्फ रजत र पुम्से तर्फ कांस्यसहित दोहोरो पदक जित्नुभएको थियो । आस्ना राना मगर र झरना थापा मगरले पनि स्वर्णपदक हात पार्नुभयो । यसैगरी, सोनी बानियाँ, राजीव गुरुङ, समर्थध्वज जोशीले रजतपदक तथा सुरेश हाङ लिम्बू, सन्देश राई, राहुल लिम्बू र समर लामाले काँस्य पदक जित्नुभएको थियो । यसैगरी, उपत्यकाव्यापी तेक्वान्दोमा जैशिदेवल डोजाङले तीन पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्