जोकोभिच २१औं ग्रान्डस्लाम उपाधि नजिक



एजेन्सी । 

सर्बियाका नोभाक जोकोभिच ग्रान्डस्लाम उपाधि नम्बर २१ नजिक पुगेका छन् । शीर्ष खेलाडी जोकोभिचले सेमिफाइनलमा घरेलु टोली क्यामरोन नोरीलाई हराएपछि विम्बल्डनको फाइनलमा पुगेको हो । पुरुषतर्फ ग्रान्डस्लाम उपाधि सर्वाधिक जित्ने खेलाडी स्पेनका राफाल नाडाल हुन् ।

नाडालले २२ ग्रान्डस्लाम उपाधि जितेका छन् । जोकोभिच र स्विटजरल्यान्डका रोजर फेडेररले २०-२० ग्रान्डस्लाम उपाधि जितेका छन् ।जोकोभिचले पहिलो सेट २–६ ले गुमाएको थियो । यसपछि भने घरेलु दर्शकको अपार समर्थन पाएपनि नोरीले जोकाभिचविरुद्ध उलटफेर नतिजा निकाल्न सकेनन् ।

जोकोभिचले पछिका तीन सेट ६–३, ६–२, ६–४ ले आफ्नो पक्षमा पार्दै विम्बल्डनमा सातौं उपाधि जित्न अग्रसर समेत भए । यो उनको समग्रमा ३२औं ग्रान्डस्लाम फाइनल पनि हो ।

यस प्रतियोगितामा नाडाल पनि सेमिफाइनल पुगेका थिए । तर, उनले निक किर्गियोसविरुद्धको खेलमा अस्वस्थ भएपछि खेल परित्याग गरेका थिए । जसले गर्दा अस्टे«लियाका खेलाडी किर्गियोस पहिलोपटक ग्रान्डस्लाम फाइनलमा प्रवेश गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्