टेस्ट भएको रंगशालाबाहिर प्रदर्शन



लन्डन, (एजेन्सी) । 

श्रीलंका र अस्टे«लियाबीच गालमा टेस्ट चलिरहँदा रंगशालाबाहिर प्रदर्शन भएको छ । श्रीलंकामा आर्थिक संकट भएपछि त्यहाँका जनताले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । श्रीलंकाका राष्ट्रपनि गोटबाया राजपक्षेविरुद्ध लामो समयदेखि न्यतब न्य न्बबु र न्यतब न्य ज्यभु को नारासहित आन्दोलन चलिरहेको छ ।

यसै नाराका साथ टेस्टको दोस्रो दिन प्रदर्शनकारीहरूले रंगशाला बाहिर नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरूलाई श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्याको साथ रहेको छ । जयसूर्या पनि प्रदर्शनमा सामेल छन् । सिंहली भाषामा गामाको अर्थ गाउँ हो ।

अस्टे«लियाले सो दोस्रो टेस्टको पहिलो इनिङमा सबै विकेट गुमाएर ३ सय ६४ रन बनाएको छ । लामो समयदेखि लयमा रहेका स्टिभ स्मिथले यस टेस्टमा शतक लगाए । उनले श्रीलंकाविरुद्ध गालमा शुरु भएको दोस्रो टेस्टमा पहिलो इनिङमा १ सय ४५ रन बनाएका थिए ।

त्यस्तै, मार्नुस लाबुसेनले पनि १ सय ४ रनको शतक प्रहार गरेका थिए ।स्मिथको यो करियरको २८औं टेस्ट शतक हो । उनले करिब १९ महिनापछि शतक प्रहार गरेका थिए । यस्तै, लाबुसेनको करियरको यो सातौं टेस्ट शतक थियो । दुई खेलको टेस्ट सिरिजमा अस्टे«लिया १–० ले अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्