पोखरा ।
पोखरामा पहिलो पटक सर्वाधिक राशीको दोहोरीगीत प्रतियोगिता हुने भएको छ। कल्याण स्मृति प्रतिष्ठानको आयोजनामा ठुलो राशीको प्रतियोगिता हुन लागेको हो।
पोखरमा लोकबाजाको संग्रहाहलय तथा लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निमार्ण गर्ने उद्येश्यकका साथ प्रतियोगिता आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर गुरुङले जानकारी गराए। प्रतियोगितामा विजेता हुने टिमले नगद ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै दोस्रो हुनेले ४ लाख तथा तेस्रो र चौथो हुने समूहले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका विजयीलाई विदेश भ्रमणसमेत गराइने भएको छ। प्रतियोगिताको उत्कृष्ट गायक र गायिका र अनुशासित समूहलाई ५०+५० हजार रुपैयाँ प्रदान गरिनेछ।
स्व. कल्याण शेरचनले सोह्र वर्षे उमेरमा मै पनि झिल्के हँदो हुँ, आहा कलिलो तामालाई सोध रामलाईलगायत दजर्नौ फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याएका थिए। पोखराका शेरचनको सम्झनामा प्रतिष्ठानले विभिन्न कार्यक्रको आयोजना गर्दै आइरहेको छ। प्रतियोगिता आगामी साउन १२ गतेदेखि १४ गतेसम्म पोखरा सभागृहमा हुनेछ।











प्रतिक्रिया