बासकोटा विभूषण समिति सदस्य मनोनित

0
Shares

ख्यातिप्राप्त संगीतकार, गायक तथा गीतकार शम्भुजीत बासकोटा विभूषण समितिको सदस्यमा मनोनित भएका छन्। सरकारले उनलाई मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बासकोटालाई विभूषण समितिका लागि नियुक्त गरिएको जानकारी गराए।

यसअघि उक्त पदमा अभिनेता मदनदास श्रेष्ठ रहेका थिए। मदनदासले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाबाट काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएका थिए। समितिको अन्य सदस्य भने यथावत राखिएको छ। ञसमितिका अन्य सदस्यलाई यथावत रहने गरी कलाकार मदनदास श्रेष्ठको सद्मामा कला क्षेत्रबाट संगीतकार शम्भुजीत बास्कोटालाई तोक्ने निर्णय भएको छु, कार्कीले जानकारी गराएका छन्।

विभूषण समितिमा वरिष्ठ उपप्रधानमन्त्री वा निज नरहेको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठ मन्त्री अध्यक्ष, गृहमन्त्री सदस्य, राष्टिझय जीवनमा उल्लेखनीय योगदान पु-याएका व्यक्तित्वमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिलासहित ६ जना सदस्य तथा गृह सचिव सदस्य सचिव रहने व्यवस्था छ।

समितिले अवश्यकताअनुसार उपसमिति गठन समेत गर्न सक्नेछ। सरकारले राष्टिझय जीवनका राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायतका क्षेत्र वा अन्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पु-याउने नेपाली नागरिक तथा कुनै क्षेत्रमा अन्तराष्ट्रिय ख्याति प्राप्त वा नेपालको हितको लागि विशिष्ट योगदान पु-याउने विदेशी नागरिकलाई सम्मानस्वरूप विभूषण प्रदान गर्दै आएको छ।