समुद्र सबै सराब भए



लोकप्रिय गायक शिव परियारको स्वरमा समुद्र सबै सराब भए बोलका गीत गजल सार्वजनिक गरिएको छ। आलोक श्रीको संगीत रहेको गीतमा शब्द रचना हरि पौड ल, संगीत संयोजना महाराज थापाको रहेको छ।

गीतमाथि बनाइएको भिडियोमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाले अभिनय गरेका छन्। भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमिकालाई फकाएको प्रेमकथा बुनिएको छ।

थुप्रै कोरस कलाकार प्रयोग गरेर आकर्षक नृत्यसहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। भिडियोको कोरियोग्राफी र निर्देशन कविराज गहतराजले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्