नेपहपको श्रीपेच साइमनलाई



नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो नेपहपको श्रीपेचको उपाधि भाइबर साइमनले चुमेका छन्। शनिबार राजधानीमा सम्पन्न अन्तिम स्पर्धा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि चुमेका हुन्।

भाइबरले उपाधिका साथ नगद १० लाख रुपैयाँ, रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, विश्व भ्रमण गर्ने अवसर प्राप्त गरेका छन्। उपाधिका लागि भाइबरसँगै काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भद्मराई भिडेका थिए।

दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले एक लाख नगदका साथ विश्व भ्रमण गर्ने अवसर पाउने छन्। शोको निर्णायकमा काठमाडौं महानगरपालिकाका मेयर तथा -यापर बालेन शाहका साथमा गिरिस खतिवडा र मानस घले रहेका थिए।

प्रतिक्रिया दिनुहोस्