५ व्यक्तित्वलाई सम्मान गर्दै कलाकर्मी सार्वजनिक



कलाकर्मी मिडिया म्यानेजमेन्टले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विभिन्न क्षेत्रका पाँच व्यक्तित्वलाई सम्मान गर्दै मासिक पत्रिका कलाकर्मी डाइजेस्टको पहिलो अंक सार्वजनिक गरेको छ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल, ख्यातिप्राप्त अभिनेता हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौलासहितले पत्रिकाको पहिलो अंक विमोचन गरेका हुन्।पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादक बबिता ढकाल हुन्।

समारोहमा आ-आप्नो क्षेत्रमा योगदान पु-याएवापत ख्यातिप्राप्त अभिनेता तथा रंगकमी हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादर कुँवर, समाजसेवी तिलबहादुर कार्की र गीतकार अम्बिका गुरुङलाई जनही नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित कलाकर्मी सम्मान–२०७९ बाट सम्मानित गरिएको छ।

कार्यक्रममा अभिनेता शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासित ?पमा सम्मानित हुन पाउँदा गौरवबोध हुने चर्चा गरे।डाइजेस्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितिका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताए। ट्ट

प्रतिक्रिया दिनुहोस्