इन्दिराको पछ्यौरी



१२ वर्षअघि रातो घाँघर बोलको गीत सार्वजनिक गरेकी लोकप्रिय गायिका इन्दिरा जोशीले १२ वर्षपछि आएर पछ्यौरी बोलको गीत म्युजिक भिडियोसहित दर्शक तथा श्रोतमाझ ल्याएकी छन्।

गीतमा इन्दिराकै शब्द र संगीत छ। वैवाहिक जीवनका बाँधिएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा रातो सारी र सिउँदो सिन्दुरमा सजिएर सहभागी भएकी गायिकाले यो गीतबाट दर्शक स्रोताको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन्।

यो गीतलाई इन्दिराले लोकपप शैलीमा तयार पारेकी छन्। गीतको भिडियोमा प्रवीण सिंहको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियोमा हरि हुमागाईंको छायांकन र प्रवीण श्रेष्ठको सम्पादन रहेको छ।

गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भए पनि दर्शकको चाहनाअनुसारको काम गरेको बताइन्। भिडियोमा इन्दिरा बोल्ड अवतारमा देखिएकी छन्। मोडल निराजन प्रधानले इन्दिरासँग पहिलोपटक काम गर्दा आफूलाई खुसी लागेको बताए।

प्रतिक्रिया दिनुहोस्