बागमती नदीमा नुहाउने क्रममा दुई भारतीय नागरिक बेपत्ता



रौतहट।

रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई जना भारतीय नागरिक बेपत्ता भएका छन । भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथला क्षेत्र भएर बग्ने बाग्मती नदिमा नुहाउने क्रममा बेपता भएका हुन । बेपत्ता हुनेमा ३१ बर्षिय मयकं अग्रवाल र अर्का ३१ बर्षिय गोलु कुमार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जनाएको छ ।

बेपत्ता भएका सहित तीन जना BR01HF6619 नम्वरको गाडीमा उक्त स्थानमा आई बागमती खोलामा पौडि खेल्ने क्रममा डुबि बेपत्ता भएको जनाईएको छ । तीनै जना पौडी खेल्दा डुबे पनि स्थनीयले भारत जिल्ला सितामडि कोटबजार बस्ने २७ बर्षीय सुमन साहलाई उदार गरेका थिए ।बेपताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्