पर्वतको कुश्मालाई चार बर्षभित्रमा बालमैत्री नगर बनाउने प्रतिबद्धता



पर्वत ।

पर्वतको कुश्मा नगरपालिकालाई चार बर्षभित्रमा बालमैत्री शासनयुक्त नगर बनाउन नगरपालिकाका जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुश्मालाई २०८३ चैत मसान्त सम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी भएको हो ।

बालमैत्री शासनका विज्ञहरु, कुश्मा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, सामाजिक विकास कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको बिचमा भएको ‘बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ पछि कुस्मालाई बालमैत्री शासनयुक्त नगर बनाउन जनप्रतिनिधी सहमत भएका छन ।

कुस्माका नगर प्रमुख रामचन्द्र जोशीले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि बालबालिकाको बचाउ, संरक्षण, बिकास र सहभागितालाई सुनिश्चित गर्दै आगामी २०८३ चैत मसान्त सम्म कुश्मा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले बालमैत्री शासनका सबै सूचक पुरा गर्ने गरी नगरका योजना बन्ने आश्वासन पनि दिनुभएको छ । नगरपालिकाको एक्लो प्रयासले मात्रै काम सम्पन्न नहुने भएकाले सबै सरोकारवालाहरुले यसमा सकरात्मक अभियान सञ्चालन गर्नुपर्ने नगरप्रमुख जोशीको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले नगरपालिकाले बालमैत्री शासनका लागि आवश्यक तयारी र पूर्वाधार निर्माणमा ध्यान दिने बतउाुनभयो । शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले बालमैत्री शासनका लागि सरकारको मात्रै प्रयास प्रर्याप्त नहुने भन्दै विद्यालयका शिक्षक, अभिभावकहरुले पनि भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्