कालीप्रसादको कन्सर्ट २१ गते


स्थानीय तहको निर्वाचनका कारण रोकिएको गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाको एकल कन्सर्ट कालीप्रसाद बासकोटा लाइभ आगामी २१ गते दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्क ले आयोजना गर्ने कार्यक्रममा विशेष डिजाइनमा तयार पारिएको लाइट, साउन्ड, एलईडी स्क्रिनमा कालीप्रसाद प्रस्तुत हुनेछन्। कार्यक्रममा अन्य कलाकारको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ।

कोभिड महामारीपछि काठमाडौंमा कालीप्रसादको यो पहिलो प्रस्तुति हुनेछ। आफ्नो संगीत सिर्जना र स्वर माधुर्यताबाट दर्जनौं हिट गीत दिएका कालीप्रसाद गायन रियालिटी शो सारेगमप तथा नेपाल आइडलको सिजन १, २ र ३ का निर्णायक मध्येका एक थिए।

Skip This