पलको सुनुवाइ बिहीबार


जबर्जस्ती करणी आरोपमा तनहुँ कारागारमा रहेका पूर्णविक्रम शाह ञपलु को मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएपछि उनको सुनुवाइ आगामी बिहीबारका लागि सरेको हो। गत बिहीबारका लागि शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा सुनुवाइ गर्ने कार्यतालिका थियो।

सुनुवाइ स्थगित भएको छ। उहाँ (पल शाह) कै वकिलहरुले सुनुवाइ हटाउनुभयो उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले भने,अब अर्को पेशी आगामी बिहीबार हुन्छ।  उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा थियो।

नाबालिग बलात्कार आरोपमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए। उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए।

Skip This