विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस तीनदिने नेपाल भ्रमणमा



काठमाडौं  ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयसस तीन दिने भ्रमणका लागि नेपाल आउँनुभएकोछ । भारत भ्रमणकै क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा विहिवार उहाँ नेपालको काठमाडौ स्थिति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

डा. टेड्रोस इन्डिगो एयरबाट दिउँसो १२ बजे काठमाडौ विमानस्थलमा ओर्लनुभएको थियो । उहाँलाई स्वास्थ्य सचिव डा.रोशन पोखरेलले विमानस्थलमा स्वागत गर्नुभएको थियो । महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउँनुभएको छ ।

विमानस्थलबाट सिधैं मेरियट होटल गइ लन्चपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएर मन्त्री विरोध खतिवडासँग भेट्नुभएको थियो । नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गर्ने कार्यक्रम तय भएकोछ ।

डा. ट्रेडोस भारत सरकारको निमन्त्रणमा भारतमा हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर नेपाल आउँनुभएको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसको यो नेपालको दोस्रो भ्रमण हो । यसअघि उहाँ इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपालको बुढानिलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेर फर्कनुभएको थियो । तीन दिने नेपाल भ्रमण सकी १० गते उहाँ नेपालबाट फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्