नेपालको डकुमेन्ट्री जर्मनीमा छनौट



महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म महिनावारी सम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना जर्मनीमा आगामी जुलाईमा हुने १८औं अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ।

जर्मन नागरिक अन्तराष्ट्रिय मल्टिमिडिया जर्नलिस्ट डर्क गिल्सनद्वारा निर्मित डकुमेन्ट्रीको निर्देशन रजिन महर्जनले गरेका छन्। डकुमेन्ट्रीकी प्रस्तोता नायिका तथा निर्मात्री केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत छिन्। डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको छ ।

प्रतिक्रिया दिनुहोस्