मस्जिदमा झडप हुँदा १०० घाइते



एजेन्सी ।

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छू झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्