पलेशा र सिर्जनाले खेल्ने निश्चित



काठमाडौं ।

सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ के.जी. मुनि )का खेलाडीहरूले खेल्ने निश्चित गरेको छ ।

विश्व तेक्वान्दो महासंघको मिति २०२२/०४/०७ गतेको पत्र अनुसार पलेशा गोवद्र्धन विश्वको नवौं रेङ्किङ र सिर्जना घिसिङले विश्वको १० औं रेङ्किङ वरीयतामा रहेकोले वाइल्डमार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

पलेशा गोवद्र्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एसियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङले एसियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठूलो आशा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्