साइकोलोजीमा षट्कोण



साइकोलोजिकल थ्रिलर फिल्म षट्कोण आगामी वैशाख २३ गतेबाट नेपालभर रिलिजमा आउने भएको छ। रिलिज डेट तोक्दै फिल्मको पोस्टरसमेत सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्म मिलन डी काप्रीले निर्देशन गरेका छन्।

उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। कोरोना महामारीअघि नै निर्माण भएको फिल्मको सम्पूर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक उनले बताए।

फिल्ममा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमलगायतको अभिनय रहेको छ। फिल्ममा शिशिर लिम्बू वानेमको कथा र पटकथा, महेश दवाडीको संवाद, आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डी काप्रीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्