जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने



A handout photo made available by the Presidential press service shows Ukrainian President Volodymyr Zelensky delivers an address marking the 20th day of the Russian invasion, March 16, 2022 in Kyiv, Ukraine. Photo by Ukraine Presidential Press Service via ABACAPRESS.COM

एजेन्सी, किभ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसदलाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानाकारी दिएका छन् ।

मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिकार गरेको बताएका छन् । ‘युक्रेनले रसियाको अप्रत्याशित युद्धको सामना गर्दै उल्लेखनीय साहस र लचिलोपन देखाएको छ’, उनले भने ।

अस्ट्रेलियाले युक्रेनलाई ६५ लाख बराबरको आपतकालीन मानिवीय सहायत प्रदान गरेको छ । युक्रेनलाई सैन्य सहायता तत्काल आवश्यकता रहेको भन्दै अस्ट्रेलियाले ९१ लाख बराबरको रक्षा उपकरण दिनेसमेत अस्ट्रेलियाले बाचा गरेको छ । जेलेन्स्कीले संयुक्त राष्ट्र, अमेरिकी कंग्रेसदेखि जापानको संसदलाई सम्बोधन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्