नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् ।

उनी हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन् । उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव थिए । थम्प्सन भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रुपमा सेवा गरिसकेका छन् । अंग्रेजीबाहेक उनी रोमानियाली र बंगाली भाषामा दख्खल राख्छन् ।

प्रतिक्रिया दिनुहोस्