सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी नपर्ने पहिलो न्यायाधीश



न्युज अफ नेपाल, काठमाडौं ।

संसदीय सुनवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि उजुरी परेको छैन । गत बिहीबारसम्मको समयसीमा तोकेर संसदीय सुनवाई समितिले उजुरी आह्वान गरे पनि कुनै उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

‘अरुको सिफारिशहरुमा उजुरी नपरेको रेकर्डहरु त छन, तर सर्वोच्चको न्यायाधीशको हकमा कुनै उजुरी नपरेको पहिलो न्यायाधीशको रेकर्ड भने श्रेष्ठजीले कायम गर्नु भएको छ,’ सभापति कर्णले न्युज कारखानासँग भने । उनका अनुसार मंगलवार बस्ने सुनवाई समितिको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि लागि अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्