नेपालको दाउ शृंखला बराबर


न्युज अफ नेपाल, काठमाडौं ।

पपुवा न्यु गिनी पिएनजीविरुद्ध दोस्रो एक दिवसीय खेलमा मैदान उत्रदाँ नेपाल जितसहित दुई खेलको शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पिएनजीविरुद्ध ६ रनले पराजित भएको थियो ।

पिएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो ।मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रनसहित टोलीलाई जितनजिक पुर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन । हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पिएनजीलाई दुवै खेलमा हराएको थियो ।

सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पिएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो । आज दोस्रो खेलमा पिएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ ।यो शृंखला लगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला आयोजना आयोजना गर्दैछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।