सामाजिक कथामा सरी मम



सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म सरी ममको बिहीबार राजधानीको भद्रकाली मन्दिरमा शुभमुहूर्त गरी छायांकन शुरु गरिएको छ। क्यामेरा पुजा गर्दै थालिएको कार्यक्रममा अभिनेत्री प्रभात पल र सरिता लामिछानेले मुहूर्त सर्ट दिएका थिए भने निर्माता तथा वितरक गोपालकाजी कायस्थले क्ल्याप हानेका थिए। मुर्हुत सर्टको निर्देशन रञ्जित रानाले गरेका थिए।

विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रभात र सरिताका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, बिहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईं, प्रविल कटुवाललगायतले अभिनय गर्नेछन्। फिल्मको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिने निर्माण पक्षले जानकारी गराएको छ।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्म नविन बोगटीको डेब्यु निर्देशन रहनेछ। एक महिनाको छायांकन सेड्युल राखिएको फिल्ममा दीर्घ गुरुङको छायांकन रहनेछ भने आगामी बर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए।

प्रतिक्रिया दिनुहोस्