कैलालीमा आयोजित भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न


काठमाडौं ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा कैलालीमा आयोजना गरिएको भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न भएको छ ।

भूतपूर्व सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा कैलालीको भवानीदल गणमा सम्मेलन आयोजना गरिएको थियो ।सम्मेलनमा कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने करीब २ हजार ३०० सय जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।