जाजरकोट कांग्रेसले थाल्यो एक महिने अभियान



जाजरकोट ।

नेपाली कांग्रेस जाजरकोटले घर घर जाऊँ कांग्रेस जिताऊ अभियान शुरु गरेको छ । फाल्गुन  २९ गते देखि केन्द्रिय सर्कुलर अनुसार भएको अभियानमा जिल्ला स्तरीय नेता कार्यकर्ता घर घर जाऊ कांग्रेस जिताऊ अभियानमा लागेका छन्।

केही महिना देखि गाउँ अभियान थालेको नेपाली कांग्रेस जाजरकोटले पहिलो चरणमा कार्यकर्तालाई जागरुक, नीति नियमका बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरी सात वटै पालिकामा पुगेको थियो ।  फाल्गुन २९ गते देखी घर घर जाऊँ कांग्रेस जिताउन अभियान लिएर बस्ती बस्ती गाउँ गाउँमा नेता कार्यकर्ता पुगेका छन् ।  नेपाल सरकारले वैशाख ३० गते स्थानीय तहको  निर्वाचन तोकेपछि मतदाताको घर पुग्न नेता कार्यकर्तालाई  जिल्ला कार्य समितिले तोकेको छ ।

भेरी नगरपालिका १३  नेपाली कांग्रेस वडा कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका सभापति बेदराज सिहले कांग्रेसले दिने सक्ने विकास  कम्युनिष्टले दिन नसक्ने बताउनु भयो ।

देश र जनताको रक्षा, लोकतन्त्रमा विश्वास गर्ने पार्टी नेपाली काग्रेस भएकोले कम्युनिष्ट सरकारले गरेको गतल क्रियाकलापका विरुद्ध लाग्न आम जनतालाई  आग्रह गर्नु भयो ।

नेपाली कांग्रेसमा अबसरबादी नेता टिक्न नसक्ने बताउँदै सक्रियता पुर्वक पाटीमा कृयाशिल नेता कार्यकर्तालाई क्षमता अनुसारको जिम्मेवारी दिने बताउनु भयो । जनतालाई एमसिसि  कम्युनिष्टको दुई तिहाइ सरकारले गर्न नसकेका काम पुरा गर्ने बताउँदै स्थानीय निर्वाचनका लागी वडामा काम गर्न सक्ने सबैको साझा उम्मेदवार छानी पठाउन आग्रह गर्नु भयो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति सनत कुमार कार्कीले आफुले संरक्षण गरेका ब्यक्तिबाट धोका पाएको बताउनु भयो । आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन थालेको अभियानले जाजरकोटका सात वटै पालिकाम कांग्रेसलाई विजय गराउन मतदाताहरुलाई आग्रह गर्नु भयो । निवर्तमान सभापति दिपकजंग शाहले भिरमा गएको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन, पटक पटक अवसर लिएका नेता कार्यकर्ता बाहिर जानु कुनै आपत्तिको विषय नभएको जनताबाट मुल्याकन हुन्छ भन्ने विश्वास लिएको बताउनु भयो ।

कांग्रेस केन्द्रिय सदस्य जीवन रानाले कम्युनिष्ट सरकारको कार्यशैली देखी दिक्क भएका जनतालाई काग्रेस सरकारले शान्ति दिलाउने बताउनु भयो । जनतालाई जागरुक, बनाउन अभिमत संकलन गर्दै आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजय गराउन घर घर जाऊँ काग्रेस जिताऊ अभियान सञ्चालन गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्